नेयमारसँग सहकार्य गर्न चाहेका मेस्सीले भने- उनी आएको भए खुसी हुन्थेँ « Khabarhub

नेयमारसँग सहकार्य गर्न चाहेका मेस्सीले भने- उनी आएको भए खुसी हुन्थेँ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलियन फुटबलर नेयमारलाई बार्सिलोना भित्र्याउने चर्चा पछि धेरै तिर उनीको भूमिका बारे बहस भयो । बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अघिल्लो साता बन्द भएको ट्रान्सफर विन्डोमा नेयमार बार्सिलोना आएको भए आफू निकै खुसी हुने बताएका छन् ।

मेस्सीले नेयमार टोलीमा आएको भए बार्सिलोनाको लक्ष्य प्राप्तिका लागि समेत निकै सहज हुने अभिव्यक्ति दिए । ‘नेयमार आएको भए म एकदम खुसी हुन्थें । जसरि नेयमारले पछिल्लो पटक क्लब छाडे, त्यसलाई लिएर केहि व्यक्ति दुखी हुनु जायज हो । तर खेलको हिसाबमा भन्ने हो भने नेयमार विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन् । उनी टोलीमा हुँदा हाम्रो लक्ष्य प्राप्त गर्न थप सहज हुन्थ्यो,’ कप्तान मेस्सीले भने ।

नेयमारले सन् २०१३ मा बार्सिलोना आएपछि १ सय ८६ खेल खेल्दै १ सय ५ गोल गरेका थिए । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा पीएसजी पुगेका उनले ५८ खेलमा ५१ गोल गरेका छन् । यस सिजनको सुरुवातमा बार्सिलोनाले नेयमारलाई भित्र्याउन निकै कसरत गरेको थियो । तर दुवै क्लब सम्झौतामा आउन नसक्दा उनको ट्रान्सफर सम्भव भएन ।

यद्यपि मेस्सीले बार्सिलोनाका खेलाडीले क्लबसमक्ष नेयमारलाई अनुबन्ध गर्न कुनै आग्रह नगरेको प्रष्ट पारे । ‘ हामीले नेयमारलाई अनुबन्ध गर्नुपर्छ भनेर क्लबलाई भनेका छैनौं । हामीले क्लबले सोधेको अवस्थामा उनी आएको खण्डमा हाम्रो स्थिति के हुन्छ भन्ने जानकारी गराएका हौँ । मैले थाहा पाएअनुसार क्लबले उनलाई अनुबन्ध गर्न औपचारिक प्रयास भने गरेको थियो,’ मेस्सीले थपे ।

मेस्सीले नेयमार टोलीमा नथपिएको अवस्थामा पनि बार्सिलोना बलियो टोली रहेको र आफू पनि अझै क्लबमा नै रहने बताए । उनी सन् २००१ मा बार्सिलोना आएका थिए । ‘ जबसम्म मेरो शरीरले साथ दिन्छ, म बार्सिलोनाबाट नै खेल्नेछु । यो मेरो घर हो । म जबसम्म क्लबको लागि खेल्न र जित सक्छु, कतै जाने छैन,’ मेस्सीले प्रष्ट पारे ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ५९ बजे

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि