राजमार्ग अवरूद्ध भएपछि मानसरोवर जाने यात्रुले हेलिकप्टर प्रयोग गर्न थाले « Khabarhub

राजमार्ग अवरूद्ध भएपछि मानसरोवर जाने यात्रुले हेलिकप्टर प्रयोग गर्न थाले


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् ।

मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् ।

मानसरोवर यात्राका लागि बुधबार ५५ गैरआवासीय नेपाली बोकी काठमाडौंबाट रसुवागढीका लागि हिँडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रुलाई सिम्रिक एयरको हेलिकप्टरद्वारा बिहीबार स्याफ्रुबेँशी लगिएको काठमाडौं हेलिडे टूल्स एण्ड ट्राभल ठमेलका पथ प्रदर्शक कुन्दन क्षेत्रीले बताए ।

बुधबार अपराह्नको अविरल वर्षाका कारण कालिका गाउँपालिका–१ राम्चे, ग्राङबीच भीरको नजिक पहिरोले राजमार्ग क्षति बनाएपछि चिनियाँ भूभागमा अवस्थित मानसरोवर कैलाश हिँडेका ती गैरआवासीय नेपाली यात्रुलाई नुवाकोटको बटारमा फर्काई हवाईमार्ग प्रयोग गरिएको बताइएको छ ।

राजमार्ग अवरूद्ध भई अलपत्र परेका यात्रुलाई कार्यतालिका अनुरूप गन्तव्यतर्फ पठाउन सिम्रिक एयर कम्पनीले छिटोछरितो तवरले हेलिकप्टर उपलब्ध गराई उल्लेखनीय सहयोग गरेको उक्त ट्राभलले जनाएको छ ।

ती गैरआवासीय नेपाली तीर्थयात्रुलाई नुवाकोटबाट स्याफ्रुबेँशी पुर्‍याउन सिम्रिक एयरले दुई वटा हेलिकप्टर प्रयोग गरेको र वरिष्ठ पाइलट सुरेन्द्र पौडेल र युवा पाइलट हरेराम थापाले उडान भरेको बताइएको छ ।

हेलिकप्टरबाट लगिएका ती गैरआवासीय नेपाली यात्रु बिहीबार नै रसुवागढी नाकाबाट चिनियाँ भूभागमा प्रवेश गरिसकेको र उनीहरू ११ दिनको अन्तरालमा मानसरोवर कैलाशको यात्रा पूरा गरी काठमाडौं पुग्ने पथ प्रदर्शक क्षेत्रीले बताए ।

सरासर लाँदा कैलाश पर्वत क्षेत्रमा लेक लाग्न सक्ने समस्या न्यूनीकरण गर्न सबै यात्रुलाई ठाउँठाउँमा बास बसाली आरामदायी यात्रा गराइने जनाइएको छ ।

यात्राका क्रममा स्याफ्रुबेँशी, टिमुरे र चिनियाँ भूभागको केरूङ एवं साझा भन्ने स्थानमा बास बसालेपछि चार हजार ८०० मिटर उचाइको मानसरोवर पुर्‍याउने गरेको पथ प्रदर्र्शकले बताएका छन् ।

चीनको भूभागमा अवस्थित मानसरोवर कैलाश यात्राका लागि हुम्लाबाट जान हिल्सासम्म हवाईमार्ग प्रयोग गर्नुपर्ने र रसुवागढी नाका प्रयोग गर्दा पूरै स्थलगतरूपमा जान सकिने भएकोले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।

अध्यागमन प्रमुख विष्णु घर्तीका अनुसार विसं २०७६ वैशाखदेखि हालसम्म १४ हजार ५०० तीर्थयात्रुले मानसरोवर कैलाश यात्रा सम्पन्न गरिसकेका छन् ।

अब उच्च भागमा हिमपातको मौसम शुरू हुने बेला भएकाले मानसरोवर जाने मौसम अन्तिम हुन थालेको बताइएको छ । मानसरोवर कैलाश यात्राका लागि बढी मात्रामा भारतीय तीर्थयात्रु जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ५५ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा