डेंगुका बिरामीलाई डा पुनको सुझाव– झोलिलो खानुस् | Khabarhub Khabarhub

डेंगुका बिरामीलाई डा पुनको सुझाव– झोलिलो खानुस्


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लगायत देशभर डेंगुको महामारी फैलिएको छ । डेंगुका कारण हालसम्म ६ जनाको मृत्यु भइसकको छ भने बिरामीको संख्या ५ हजार बढी छ ।

काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायत काठमाडौं उपत्यता र देशभरका प्रभावित क्षेत्रका अस्पतालहरुमा बिरामीको चाप बढीरहेको छ ।

एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग अहिले ५६ जिल्लामा फैलिएको छ ।

शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु सार्ने लामुखट्टेको संख्या बढ्दै जाँनुले पनि यो रोगका बिरामीहरु बढेका छन् ।

विशेषगरी डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्मा भएको ठाउँमा फुल पार्छ । डायरमा जम्ने आकासेपानी, गमला, घर वरपरको खाल्डाखुल्डीमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा विकास भइ लामखुट्टेको संख्या वृद्धि हुन्छ र मानिसलाई टोकेर डेंगुको संक्रमण गराउँछ ।

डेंगुका लक्षणहरु

–ज्वरो आउने,

–आँखाको गेडीहरु दुख्ने,

– शरीरमा डाबरहरु आउने,

– खाना नरुच्ने,

–जोर्नी तथा मांसपेसीहरु दुख्ने,

– पेट गडबडी हुने,

डेंगुको लक्षण देखिएका बिरामीले जटिल अवस्थामा बाहेक सामान्य लक्षण देखिदा झोलिलो पदार्थ र सिटामोल खाएर १० दिन घरमै आराम गर्दा पनि निको हुने डा पुन बताउँछन् । तर डेंगुको संक्रमण फैलिएको क्षेत्रमा डेंगुका लक्षण देखिएका बिरामीले भने अस्पतालमा पुगेर डेंगु परीक्षण गराउनुपर्ने बताउँछन् ।

डेगुका बिरामीले यस्तो कुरामा ध्यान दिनुस्

–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,

–झोलिलो खानेकुरा खाने,

–झुलको प्रयोग गर्ने,

–लामो बाहुला भएको कपडा लगाउने,

–घर वरपरको वातावरणमा पानी जम्न नदिने,

– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,

–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ५५ बजे

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा दुई

केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रहरी महानिरीक्षक बसन्त कुँवर घर जाँदै, को बन्ला नयाँ आईजीपी ?

काठमाडौं– नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि

एसइईको सम्पूर्ण तयारी पूरा : पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक