पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु « Khabarhub

पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थवाङ– रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् ।

थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृतक ६ जनाकै शव बाहिर निकालिएको जानकारी दिइन् ।

घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् ।

‘घरभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घरसँगै बाख्राको खोर र गाईको गोठ पनि पुरेको छ,’ वडासदस्य मगरले खबरहबसँग भनिन्, ‘अन्य घरमा भने क्षति पुर्‍याएको छैन ।’

स्थानीय शहीद मार्गलाई विस्तार गर्न केही दिन अगाडि मात्रै खनिएको ठाउँबाट पहिरो गएको वडासदस्य मगरले जानकारी दिइन् ।

‘शहीद मार्ग विस्तारका लागि केही दिन अगाडि मात्रै यहाँ खनिएको थियो । डाँडो खनेर थुपारिएको माटो बगेर पहिरो गएको देखिन्छ,’ वडासदस्य मगरले भनिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : ३१ बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण