नेपाली युवा फुटबल टोलीले शनिवार जोर्डनसँग खेल्दै « Khabarhub

नेपाली युवा फुटबल टोलीले शनिवार जोर्डनसँग खेल्दै


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यु–१६ च्याम्पियनसिप छनोट चरणको पहिलो खेलमा नेपाली युवा फुटबल टोली भोलि (शनिबार) घरेलु टोली जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटको समूह ए मा रहेको नेपालले जोर्डनको प्रिन्स मोहम्मद रंगशालामा घरेलु युवा टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

केही दिन अगाडिमात्रै भारतमा सम्पन्न यु–१५ साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीका अधिकाशं खेलाडी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको टोलीमा रहेका छन् ।

सन् २०२० मा हुने एएफसी च्याम्पियनसिपको छनोट चरणको समूह ए मा नेपालसहित जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तानका युवा टोली रहेका छन् ।

समूह चरणको खेल खेल्ने तयारीमा रहेको युवा टोली शुक्रबार जार्डन पुगेको छ भने आज केही अभ्यास गरेर शनिबार पौने ८ बजे जोर्डनविरुद्ध मैदान उत्रिनेछ ।

नेपाल युवा टोली र जोर्डन युवा टोलीबीच सन् २०१५ मा एकपटक भेट भएको थियो । जसमा नेपाली टोलीले जार्डनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यद्यपी त्यतिबेलाका खेलाडी अहिले नेपाली टोलीमा छैनन् ।

घरेलु टोलीलाई स्तब्ध पार्दै छनोट चरणमा सुखद् शुरुवातको लक्ष्यमा नेपाल रहेको छ ।

नेपालले आफ्नो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली युवा टोली

गोलरक्षक : मनोज दहाल, जेनियस केसी, पाथुङ हाङ नेम्वाङ

डिफेन्डर : अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपीन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री

स्ट्राइकर : शशाङ्क बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : ५५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको