नौ ठाउँको आकस्मिक पहिरो नियन्त्रण « Khabarhub

नौ ठाउँको आकस्मिक पहिरो नियन्त्रण


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो ।

पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिए। पहिरोको जोखिममा रहेका ती ठाउँमा संरक्षण गर्न स्थानीय उपभोक्ताको सहभागितामा पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको र यसमा २९ लाख ७५ हजार ६१९ रुपैयाँ खर्च भएको उनको भनाइ थियो ।

सो कार्यका लागि कार्यालयका तर्फबाट १४ लाख ५१ हजार ४२३ रुपैयाँ उपलब्ध गराइएकामा स्थानीय उपभोक्ताले १५ लाख २४ हजार १९६ रुपैयाँ व्यहोरेका थिए । यास नगरपालिकाको वडा नं १,६,र ८, भानु नगरपालिकाको वडा नं ६, र १३, ऋषिङ गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–२, शुक्लागण्डकी नगरपालिका–२ र शुक्लागण्डकी नगरपालिका–४ मा आकस्मिक पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको थियो ।

आकस्मिक पहिरो नियन्त्रणका लागि व्यास नगरपालिकाका तीन वडामा कार्यालयको चार लाख ३२ हजार २६९ रुपैयाँ र उपभोक्ताको चार लाख ४५ हजार ५८७, भानु नगरपालिकाको दुई वडामा कार्यालयको दुई लाख ६३ हजार ४७३ र उपभोक्ताको तीन लाख ६७ हजार ५००, ऋषिङ गाउँपालिकाको एक वडामा कार्यालयको दुई लाख चार हजार २०८ र उपभोक्ताको एक लाख ९६ हजार ७९०, आँबुखैरेनीको एक वडामा वडा कार्यालयको ४२ हजार २८६ र उपभोक्ताको ६५ हजार ८००, शुक्लागण्डकीको दुई वडामा कार्यालयको पाँच लाख नौ हजार १८३ र उपभोक्ताको चार लाख ४८ हजार ५१८ खर्च भएको थियो ।

कार्यालयमार्फत सञ्चालित नदी उकास तथा जग्गा संरक्षण कार्यक्रमबाट व्यास नगरपालिकाका तीन र म्याग्दे गाउँपालिकाको एक गरी चार वडाका ४५९ घरधुरी लाभान्वित भएका छन् । व्यास नगरपालिका–११ का ४२, व्यास नगरपालिका–१ का ९२, व्यास नगरपालिका–३ का १६० र म्याग्दे गाउँपालिका–१ का १६५ घरधुरी लाभान्वित भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। पौडेलका अनुसार उक्त कार्यक्रमका लागि कार्यालयको तर्फबाट नौ लाख ९९ हजार ७७४ र उपभोक्ताको तर्फबाट छ लाख ४२ हजार १५० गरी कूल १६ लाख ४१ हजार ९२४ खर्च भएको थियो ।

कार्यालयबाट सञ्चालित योजनामा दुई पोखरी निर्माण भएकामा यसबाट सिँचाइ गर्न गाईवस्तुलाई खुवाउन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । साथै दुई हजार १६२ घरधुरीको खानेपानीको जलाधार क्षेत्र तथा पानीको मूलस्रोत संरक्षणमा टेवा पुगेको उनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : ३० बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा