अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ– गृहमन्त्री थापा « Khabarhub

अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ– गृहमन्त्री थापा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री राम बहादुर थापा (बादल)ले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अङ्गीकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा नागरिकता विधेयकमा गरिएको संसोधन सम्बन्धमा सरकारको धारणा राख्दै गृहमन्त्री बादलले सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अङ्गीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पारे । सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा पनि सचेत भएको उननको भनाइ थियो ।

त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरि नेपाली पुरुष संग विहे गर्ने महिलालाई नेपाली अङ्गीकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पार्नुभयो । सरकारले नेपाली पुरुषसंग विहे गर्ने विदेशी महिला र नेपाली महिलासंग विवाह गर्ने विदेशी पुरुषका लागि अङ्गीकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उहाँको भनाई थियो ।

नागरिकता सम्बन्धी विधेयक समितिमा झण्डै ६ महिना देखि छलफलकै क्रममा रहेको छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनबारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समितिले विधेयक सम्बन्धमा निर्णय गर्न सकेन ।

विधेयकमा नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलाले ७ र नेपाली महिलासँग विवाह गर्ने पुरुषले १५ वर्ष नेपालमा बसोबास गरेपछि मात्रै अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ११ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल