कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर बाँकेमा आक्रमण– कांग्रेस « Khabarhub

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर बाँकेमा आक्रमण– कांग्रेस


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको भत्र्सना गर्दे गम्भीर आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन नेकपालाई चेतावनी दिएका छन् ।

जागरण अभियान कार्यक्रमलाई विथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै उनले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी प्रवक्ता शर्माको थियो ।

उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र मुलुकको राजनीतिप्रति नै जनतामा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न आग्रह गरे ।

उनले भने “लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस् । नेपाली कांग्रस पार्टीको कुनैपनि तह र तप्काका साथीहरु माथि गर्ने दुर्व्यवहारहरु कांग्रेस माथिको प्रहार मात्रै होइन । यसले समग्र राजनीतिका बारेमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक सोचोस् । ”

बाँकेको खजुरा गाउपालिका वडा नम्बर २ को सितापुरस्थित नेपाल रेडक्रसको सभाहलमा हिमाल,पहाड तराई –मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समुह प्रवेश गरि आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते भएकी थिइन् ।

आक्रमणबाट उनको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाईते भएको कांग्रेसले जनाएको छ । कांग्रेसले आक्रमणको विरोधमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा भोली शनिवार प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ४ : २२ बजे

प्रशिक्षकले सन ह्युङ मिनको नाममा खेलेको ‘जुवा’, जसले डुबायो दक्षिण कोरियालाई

मोन्टेरे, मेक्सिको- दक्षिण कोरियाले बुधबार दक्षिण अफ्रिकाविरुद्ध पराजय मात्र टारेको

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय