‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको छमछमी (भिडियो) « Khabarhub

‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको छमछमी (भिडियो)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरियो ।

चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टीका निधारमा टलक्क टल्कियो’ बोलको गीतको रिमेक भर्सनमा शम्भुजीत बाँस्कोटाको संगीत निर्देशन रहेको छ भने प्रमोद खरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । ओर्जिनल गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर सुन्न सकिन्छ । ‘अल्लारे’ मा महानायक राजेश हमाल र करिश्मा मानन्धरको अभिनय देख्न सकिन्छ । गीतका सर्जक सहदेव ढुंगाना हुन् ।

यस्तै ‘रातो टीका निधारमा’ मा समावेश गीतको भिडियोमा अंकित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई शीर्ष भूमिकामा देख्न सकिन्छ । भिडियोमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, शिवहरि पौडेल, बसुन्धरा पौडेल लगायतलाई समेत देख्न सकिन्छ ।

एए ग्रुप अफ कम्पनीको ब्यानरमा बनेको यो चलचित्रमा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । यस्तै चलचित्रमा शम्भुजीत बाँस्कोटा र कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, राजेश शाहको भीएफएक्स तथा मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

यो चलचित्र दशैँको अवसर पारेर असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ०८ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले