काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ « Khabarhub

काठमाडौंको गोलढुंगामा गोली चल्यो, साजन गुरुङ पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोलढुंगामा प्रहरीले गोली प्रहार गरी गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको खोजी सूचीमा रहेका गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । विशेष सूचनाका आधारमा नजोक भनिने साजनलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई  उनले कटुवा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएको  महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जनाए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । गोली लागेर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।

गुरुङले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेपछि उनी प्रहरीको खोजी सूचीमा रहेका थिए ।

यसैबीच, साजन गुण्डा नाइके समिरमान सिंह बस्न्यातको सहयोगी भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका उनी मुख्य योजनाकार हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ४४ बजे

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको