बसन्तपुरबाट शिव सेना नेपालका अध्यक्षसहित ५० कार्यकर्ता पक्राउ « Khabarhub

बसन्तपुरबाट शिव सेना नेपालका अध्यक्षसहित ५० कार्यकर्ता पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्रामा सरिक विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेका शिव सेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति लगायतका विशिष्ट पदािधकारीविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै प्रहरीले शिव सेनाका कार्यकर्तालाई बसन्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले शिव सेना नेपालका करिब ५० कार्यकर्तालाई पक्राउ गरेको अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिए ।

धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने अध्यक्ष बस्नेतले आरोप लगाए ।

करिब १ हजार पार्टीका नेता तथा कार्यकर्ताले कालो पहिरनमा धर्मनिरपेक्षता पक्षधरका विशिष्ट पदाधिकारीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

प्रहरीले अध्यक्ष अनिल बस्नेतसहित पूर्व डिआईजी विजय भट्ट, पूर्व मेजर केशव बस्नेत लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १४ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा