दोलखामा पहिराले १ सय २० घर जोखिममा « Khabarhub

दोलखामा पहिराले १ सय २० घर जोखिममा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– अविरल वर्षाका कारण दोलखा जिल्लाका एक सय २० घर पहिरोको उच्च जोखिममा छन् । लाखौँ रुपैयाँको धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्धव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेका ३२५ कुखुरा र एउटा खसी मरेको थियो ।

यस्तै भीमेश्वर नगरपालिका–३ मा राजीव तामाङको कुखुरा फार्म पहिरोले पुरिएको थियो भने भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा छ पक्की घरमा समेत पहिरोले क्षति पु¥याएको प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिए ।

यस्तै भीमेश्वर–३ चरिघ्याङस्थित दुई घर पहिरोले पुरिँदा रु तीन लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । शैलुङ र मेलुङ गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढ्दै गएको छ ।

हालसम्म दुबै गाउँपालिकामा एक सय १२ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार शैलुङ–८ का थिङ र गोरख टोल तथा मेलुङ–१ का पवटी, दियाले खर्क टोल, कार्की टोल, बोहोरा टोल र आचार्य टोलमा गरी एक सय १८ परिवार पहिराको जोखिममा छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ३४ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र