यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता « Khabarhub

यो हो चिनियाँ राष्ट्रपतिले चढेको कार, यस्ता छन् विशेषता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन् ।

अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ । उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ ।

उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो । चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ ।

यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो । उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ ।

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ । उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ ।

गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ ।

गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ । गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन् ।

चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ११ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग