नेपालको दुई दिने भ्रमण सकेर सी आज स्वदेश फर्किने « Khabarhub

नेपालको दुई दिने भ्रमण सकेर सी आज स्वदेश फर्किने


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् । सी चीन फर्किनुअघि महत्वपूर्ण सम्झौता हुँदैछन् ।

रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ ।

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको डीपीआर विस्तृत परियोजना प्रतिवेदन तयार, रेलमार्गको डीपीआर बनाउने, काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र त्यही बाटो हुँदै रसुवाको स्याफ्रुबेसीसम्म पुग्ने सडक निर्माणका लागि पनि सम्झौता हुने जनाइएको छ । सडक र रेलबाहेक अन्य केही आयोजनाका लागि पनि सम्झौता हुने जनाइएको छ ।

भारतको दुई दिने भ्रमण सकेर नेपाल आएका राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेरको रात्रिभोजमा सरिक भएका थिए ।

आज दिउसो १ बजे स्वेदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ०६ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग