जापानमा शक्तिशाली आँधी, नेपाली सुरक्षित « Khabarhub

जापानमा शक्तिशाली आँधी, नेपाली सुरक्षित


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापानमा शक्तिशाली आँधी आएको छ । यो आँधीको नाम हगिबीस आँधी राखिएको छ ।

२ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आएको आँधीले उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न भएको छ ।

जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ ।

टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

‘जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने ।

जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् ।

दूतावासका अनुसार जापानमा करिब ९० हजार नेपाली रहेको छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ०५ बजे

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित