मिटरमा जान नमान्ने ५२ ट्याक्सी कारबाहीमा « Khabarhub

मिटरमा जान नमान्ने ५२ ट्याक्सी कारबाहीमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार मनोमानी भाडा लिने, मिटरमा नजाने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्न जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना सङ्कलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशनलाई तीव्रता दिइएको छ ।

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना