मिटरमा जान नमान्ने ५२ ट्याक्सी कारबाहीमा « Khabarhub

मिटरमा जान नमान्ने ५२ ट्याक्सी कारबाहीमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै ट्याक्सीहरूले मनोमानी रुपमा भाडा लिने, मिटरमा नजाने जस्ता सर्वसाधारणका गुनासालाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि निरन्तर छड्के जाँच र गस्ती गर्दै आएकामा आज ती ट्याक्सी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार मनोमानी भाडा लिने, मिटरमा नजाने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्न जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा नै सूचना सङ्कलन, निगरानी, चेकिङ, अनुगमन तथा स्विप अपरेशनलाई तीव्रता दिइएको छ ।

मिटरमा जान नमान्ने र मनोमानी भाडा लिने गरेको पाइएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : ०२ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई