सी र प्रचण्डबीच ३० मिनेट ‘वान टु वान’ वार्ता « Khabarhub

सी र प्रचण्डबीच ३० मिनेट ‘वान टु वान’ वार्ता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा शनिवार(हिजो) नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता भएको हो । दुई नेताबीच ३० मिनेट वान टु वान वार्ता भएको थियो । वार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको प्रचण्डले जनाए ।

त्यसअघि उनले नेकपाका सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका थिए ।

शनिवार अपराह्न नेपाल आएका सीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

सीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र दुईपक्षिय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सी आजै चीन फर्कनेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५९ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान