सी र प्रचण्डबीच ३० मिनेट ‘वान टु वान’ वार्ता « Khabarhub

सी र प्रचण्डबीच ३० मिनेट ‘वान टु वान’ वार्ता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा शनिवार(हिजो) नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता भएको हो । दुई नेताबीच ३० मिनेट वान टु वान वार्ता भएको थियो । वार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको प्रचण्डले जनाए ।

त्यसअघि उनले नेकपाका सचिवालय सदस्यहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका थिए ।

शनिवार अपराह्न नेपाल आएका सीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरिसकेका छन् ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

सीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र दुईपक्षिय समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सी आजै चीन फर्कनेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ५९ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त