भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने « Khabarhub

भिटामिन ए र जुकाको औषधि कात्तिक २ र ३ गते खुवाइने


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७ सय ५३ वटै पालिकाहरुमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुको पोषण अवस्था परिक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।

परिवार कल्याण महाशाखाका अनुसार  ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ । यस्तै १ बर्षदेखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ०८ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल