गम्भीर र सोचनीय फिल्म बनायो भनेर तारिफ आइरहेको छ: दीपकराज गिरी « Khabarhub

गम्भीर र सोचनीय फिल्म बनायो भनेर तारिफ आइरहेको छ: दीपकराज गिरी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ लाई दशैँअघि रिलिज गर्ने भनिएको थियो । हिन्दी चलचित्र ‘वार’ र अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ दशैँअघि नै रिलिज हुने भएपछि यसको रिलिज मिति असोज २४ लाई सारियो ।

दशैँको माहोल सकिएपछि प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको साथ पाएको छ । ‘छ माया छपक्कै’ ले पाएको प्रतिक्रियाले निर्माण टिम मख्ख छ । तर, चलचित्रले कति कमाइ गर्‍यो भन्ने आँकडा निर्माण टिमले सार्वजनिक गरेको छैन ।

चलचित्रका अभिनेता दीपकराज गिरीले कलाको व्यापार भएकाले करोडौं कमायो भनेर खुलाउन नचाहेको बताए । ‘कमाइ यति करोड नभनौँ, किनभने चलचित्र कलाको व्यापार पनि हो,’ गिरीले खबरहबसँगको कुराकानीमा भने, ‘झण्डै नब्बे प्रतिशतले चलचित्र राम्रो भनिरहनुभएको छ, माउथ पब्लिसिटी पनि राम्रो छ ।’

उनले आफ्नो टिमले सधै हँसाउने चलचित्र मात्र बनाउने भन्दै दर्शकले लगाउँदै आएको आरोप अब तोडिएको पनि बताए । उनले भने, ‘गम्भीर र सोचनीय चलचित्र बनायो भनेर तारिफ आइरहेको छ,’ गिरीले थपे ।

साथै उनले सबै नेपाली चलचित्र राम्रो बनाउन आफूहरू लागिपरेको धारणा राखे । गिरीले ‘छ माया छपक्कै’ ले अघिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ ले भन्दा राम्रो व्यापार गरेको दाबी गरे ।

यो दाबीअनुसार चलचित्रले दैनिक १ करोड बराबरको ग्रस कलेक्सन गरेको छ । ‘यो चलचित्रले हाम्रो अघिल्लो चलचित्रले भन्दा राम्रो व्यापार गरेको छ, दर्शकले माउथ पब्लिसिटी पनि गर्नुभएको छ,’ उनले भने ।

चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि लामाले चलचित्र ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका थिए । राजनीतिक खिचातानी र प्रेम दर्शाइएको यो चलचित्रमा दीपकराजसँगै केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ४७ बजे

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,