दीपकराज गिरी भन्छन् – गाँजालाई त ‘लिगलाइज’ गर्नैपर्छ « Khabarhub

दीपकराज गिरी भन्छन् – गाँजालाई त ‘लिगलाइज’ गर्नैपर्छ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीले गाँजालाई नेपालमा खुला रुपमा बेच्न पाउनुपर्ने धारणा राखेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले दिएको यस्तो अभिव्यक्तिले गिरी विवादमा समेत तानिएका छन् ।

अन्तर्वार्ताकार प्रकाश सुवेदीले गिरीलाई सोधेका थिए – तर तपाईंलाई नि गाँजाप्रेमी भन्छन् नि हो?

गिरीले यो प्रश्नको उत्तर फर्काउँदै आफ्नो मुखमा गाँजा नपरेको १६ दिन भएको बताए । गाँजाले आफूलाई थप क्रियटिभ बनाउने भएकाले फिल्मको काम हुँदा खाँजा सेवन गर्ने गरेको उनको भनाइ थियो ।

साथै उनले अन्तर्वार्ताका क्रममा गाँजालाई वैध बनाउनुपर्ने धारणा राखे । ‘गाँजा त लिगलाइज गर्नैपर्छ, तर म के भन्छु भने लागुऔषधका रुपमा लिनुहुन्न,’ उनले भने, ‘आत्म नियन्त्रण छैन भने गाँजा नखानुस्, यसलाई असाध्यै व्यवस्थित गरेर खानुभयो भने एकोहोरो र डेटिकेटेड बनाइदिन्छ ।’

गिरीले आफूमा देखिएका कतिपय रोग पनि गाँजाले निको बनाएको बताए । साथै उनले गाँजा चुरोट तथा मदिराभन्दा राम्रो भएको पनि धारणा राखे । ‘म त भन्छु चुरोट पनि हानीकारकै हो,तर यहाँ बेचिन्छ नि, बरु नशाका रोगीहरुलाई गाँजा खाऊ नै भन्छन्,’ उनको भनाइ थियो ।

उनले आफूले दिउँसो कामको बेलामा कहिल्यै गाँजा सेवन नगरेको र सधै आत्म नियन्त्रणका साथ क्रियटिभ काममा लागेको भन्दै गाँजाको प्रचार गरे ।

‘म गाँजाको प्रमोटर होइन, खाए खानुस्, नखाए नखानुस् । एउटा ‘स्टिक’मा ह्याप्पी हुनुहुन्छ भने खानुस्, संसारका विभिन्न शहरमा गाँजा फ्री बनाइसक्यो, यसको फाइदा छ,’ उनले दाबी गरे ।

‘गाँजा खाएर मान्छे कुटेको सुन्नुभएको छ? गाँजाले उच्छृङ्खलतालाई कम पनि गरिदिन्छ, तर गाँजाको पनि एडिक्सन हुने डर भने छ है,’ उनको आशय थियो ।

यता गिरीले गाँजा खाने गरेको स्वीकार गरेपछि फ्यानले गालीसमेत गरेका छन् । कतिपयले भने उनको अभिव्यक्तिको समर्थन गरेका छन् ।

‘म त गाँजा खान्न तर दीपक जीको कुरा पनि सही हो,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘दीपक जी झ्यापमा नै हुनुहुन्छ जस्तो छ ।’

‘राजा झ्यापमा छ कि क्या हो आज,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्काको कमेन्ट छ, ‘दीपकको नौटंकी हेर न गाँजा खाने गँजेडी पो रहेछन् ।’

त्यसो त नेपालमा गाँजा बन्देज गर्नुहुन्न भन्ने आवाज लामो समयदेखि उठेको छ । धेरै प्रयोगकर्ताले भने गाँजालाई खुला बिक्री गर्न पाउनुपर्ने भन्दै गिरीसँग सहमति जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ३ : ४७ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक