प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण « Khabarhub

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो ।

विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त गरी शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकोमा स्वागत गरेको छ ।

यसका साथै पार्टीले भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले चालेको कदमप्रति प्रश्न उठाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लङ्घन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ ।’

पार्टीका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सरकारलाई निष्पक्ष ढङ्गले अगाडि बढ्न र कुनै पनि राजनीतिक प्रतिशोधको भावना नराख्न सचेत गराइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ०८ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति