कांग्रेसको चियापानमा प्रचण्डले भने–दुई तिहाईको कुरै नगरौं ! « Khabarhub

कांग्रेसको चियापानमा प्रचण्डले भने–दुई तिहाईको कुरै नगरौं !


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग फेरि सहकार्य हुनसक्ने बताएका छन् ।

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले विगतमा पनि कांग्रेससँग सहकार्य भएको भन्दै अब पनि हुनसक्ने औल्याए ।

उनले भने, ‘कांग्रेसको कार्यक्रममा आउँदा आफ्नै पार्टीको कार्यक्रम जस्तो लाग्छ । विगत १२ बुँदे समझदारीदेखि शान्तिप्रक्रियामा आउँदा र सरकार चलाउँदा धेरै पटक सहकार्य भएको छ । निकट भविष्यमा पनि सहकार्य हुनसक्छ ।’

उनले राजनीतिक अवस्था कता जाने हो त्यो अनुसार अघि बढ्ने भन्दै भने, ‘हेर्दै जाउँ राजनीतिले कतातिर कोल्टे फेर्छ । त्यो अनुसार अघि बढ्नुपर्छ । ’

उनले कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम दशैंको शुभकामनामात्र नभई समृद्ध राजनीति संस्कार रहेको बताए ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीले दुई तिहाईको सरकारको नेतृत्व गरेको नेकपाले कांग्रेससँगको सहकार्य भनेको कस्तो भन्ने प्रश्न गर्दा प्रचण्डले भने, ‘अब दुई तिहाईको कुरै नगरौं ।’

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ०० बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा