बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन « Khabarhub

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

बुढीनन्दा– २ मा रहेको कोल्टी बजारमा किसानले उत्पादन गरेको तरकारी र फलफूल बिक्रीका लाग राख्न र बेमौसममा पनि बिक्रीवितरण गर्नेगरी शीतभण्डारसहितको कृषि उपज केन्द्र सञ्चालनमा आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार साहले जानकारी दिए ।

उनले किसानले उत्पादन गरेका साग, आलु, काउलीलगायत तरकारीखेतीको बिक्री गर्न प्रत्येक होटल तथा पसलमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सहजताका लागि उक्त सङ्कलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको बताए ।

यसका लागि नगरपालिका र जिआइजेडको आर्थिक साझेदारीमा निर्माण गरिएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिए । उनका अनुसार नगरपालिका र जिआजेडको ६८ लाख ९१ हजार ८८० रुपैयाँ ५४ पैसाको संयुक्त लगानी उक्त उपज केन्द्र निर्माण गरिएको हो ।

कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताए ।

शीतभण्डार गृहमा भण्डराण गरिएका तरकारी तथा फलफूललाई अन्य समयमा पनि बिक्री वितरण गर्न पाइने नगरप्रमुख बोहराको भनाइ छ । कृषि उपज केन्द्र तथा शीतभण्डारगृह सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले शुभारम्भ गरेका हुन् ।

उच्च हिमाली क्षेत्रमा भेडाबाख्रापालनका लागि सरोकारवाला निकायसँग उत्तरी भेगका चार पालिकामा छलफलका लागि उनी कोल्टी पुगेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १० : २८ बजे

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा

सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

काठमाडौं– दोलखाको तामाकोशी पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको