कांग्रेसको चियापानमा ओलीले भने– देउवा र पौडेल ४५ वर्षदेखिका साथी « Khabarhub

कांग्रेसको चियापानमा ओलीले भने– देउवा र पौडेल ४५ वर्षदेखिका साथी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुसँग आफ्नो लामो सयमदेखिको सहकार्य रहेको बताएका छन् ।

दशैं तिहार लगायतका चाँडपर्वको अवसरपारेर कांग्रेसले आयोजना गरेको चियापानमा सहभागी हुन कांग्रेस कार्यालय सानेपा पुगेका प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा र आफू ४५ वर्षदेखिको साथी भएको बताए ।

‘शेरबहादुर देउवा र म ४५ वर्षदेखिका साथी हौं । सँगै जेल बसेका छौं । लोकतन्त्रका लागि सँगै लडेका छौं’ उनले भने,‘रामचन्द्र पौडेलजी पनि त्यतिबेला देखिकै साथी हो ।’

चाँडपर्वले आपसी सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।

‘हामी सबैले यस्ता चाँडहरु मान्ने परिपाटीलाई निरन्तरता दिन जरुरी छ’ प्रधानमन्त्रीले भने,‘ यो शोखमा मात्र तयार भएको होइन । यस्ता चाँडहरु सुसम्बन्ध बनाइ राख्न बनेको हो ।’

परम्पराका नाममा नराम्रा काम र आदतहरुबाट जोगिनुपर्ने र असल परम्परालाई अघि बढाउनुपर्ने ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ३५ बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको