कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा « Khabarhub

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि सुरु गरेको बैठकमा मुख्य तीन एजेन्डामा केन्द्रित रहेर छलफल थालेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजेदेखि सुरु भएको बैठकमा निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ ।

बैठकका एजेन्डा
हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा,
मुलुकको बदलिँदो राजनीतिक अवस्था र पार्टीको भूमिका,
पन्ध्रौँ नियमित महाधिवेशनको तयारी र निर्णय ।

बैठकमा विशेष महाधिवेशनमार्फत चयन भएको वर्तमान नेतृत्वको वैधानिकतामाथि समेत प्रश्न उठाइएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस १८ गतेको बैठकबाट आगामी वैशाख २८–३१ गतेका लागि पन्ध्रौँ महाधिवेशनको मिति तय गरेको दाबी गर्दै इतर पक्षले सोहीअनुसार तयारी थालेको बताएको छ ।

“विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई हामीले स्वीकार गरेका छैनौँ,” नेता गुरु बरालले भने, “अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नआउन्जेल हामी पूर्वतयारी स्वरूप आफ्ना गतिविधि अगाडि बढाउँछौँ । अदालतको फैसला भने हामीलाई स्वीकार्य हुनेछ ।”

इतर समूहले केन्द्रीय कार्यसमिति बैठकको समापनपछि आगामी चैत १९ गते जिल्ला सभापतिको भेला समेत आह्वान गरेको छ । पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष चर्किएका बेला बोलाइएको यो भेलालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : ३६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष