सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन « Khabarhub

सी भ्रमणबारे डा भट्टराईको टिप्पणी– मामाले कति दक्षिणा दिए भनेजस्तो सोच राख्नु हुँदैन


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सफल भएको बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष भट्टराईले मित्र राष्ट्रहरुसँगको सम्बन्ध राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्ने बताए ।

‘मुलत यो भ्रमण सफल नै रह्यो’ डा भट्टराईले भने,‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा मामाले के ल्याइदिए, के कति मिठाइ दिए, कति दक्षिणा दिए भनेजस्तो सोच हामीले राख्नु हुँदैन ।’

चीन सदैव नेपालको मित्र राष्ट्र रहँदै आएको भन्दै भट्टराईले चीनसँग खास समस्या नभएको र त्यस अर्थमा पनि सीको भ्रमण सुखद् रहेको प्रतिक्रिया दिए ।

फरक प्रसंगमा डा भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणमा न्याय र सत्य स्थापित हुनुपर्ने बताए ।

‘जुनसुकै ओहोदामा रहेपनि विधिको शासन पालना गर्नुपर्छ । न्याय र सत्य स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ’ उनले भने,‘पहिले त्यसको निरुपण होस् । त्यसपछि मात्र सभामुखको विषयमा टिप्पणी गर्न उपयुक्त होला ।’

उनले सभामुख र उपसभामुख फरक पार्टीको र फरक लिंगको हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ४ : ४० बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख