बुटवल र चीनको शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता « Khabarhub

बुटवल र चीनको शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल उपमहानगरपालिका र चीनको शियान सहरकाबीचमा भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतवार बुटवल र शियानबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको हो ।

शियान सहरका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्झौतापत्र आदान प्रदान गरेका हुन् ।

यस्तै काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा सम्झौतापत्र पनि आदान प्रदान गरिएको छ ।

यसका साथै नेपाल र चीनबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीपत्र आदानप्रदान भएको छ ।

दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी आज चीन प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ०७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना