नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी « Khabarhub

नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

सीको भ्रमणका क्रममा दुबै देशबीच द्विपक्षीय सम्बन्ध विस्तार क्षेत्रीय र अन्तर्राष्ट्रि चासोका बारेमा विचारको आदानप्रदान भएको जनाइएको छ ।

दुबै देश एक अर्कोको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न र एक अर्काको चिन्ता र हितको सामना गर्न सहमत भएका छन् । दुबै देश असल छिमेकी नीतिको पालना गर्ने र स्थिरता र विकासमा मिलेर अघि बढ्न सहमत भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नेपाली पक्षले एक चीन नीति प्रतिको आफ्नो दृढतालाई दोहोराएको छ र ताइवान चिनियाँ क्षेत्रको एक अक्षम्य हिस्सा रहेको र तिब्बत मामला चीनको आन्तरिक मामला भएको जनाइएको छ । नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल दृढ रहेको जनाइएको छ ।

त्यस्तै चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सम्प्रुभुता र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्न नेपाल प्रति आफ्नो दृढ समर्थन दोहोराएको छ र स्वतन्त्र रुपमा नेपालको सामाजिक व्यवस्था र विकासको पथप्रति चीनको समर्थन र सम्मान व्यक्त गरेको छ ।

नेपाल र चीन बेल्ट एण्ड रोड पारस्परिक रुपमा अवसर रहेको र दुवै देशलाई फाइदा हुने गरि अघि बढ्नका लागि सहयोग पु¥याउने परियोजना रहेकोमा सहमत भएका छन् । यसले यो क्षेत्रको शान्ति स्थायित्व र विकासका लागि फाइदा पुग्ने विषयमा दुबै पक्षको विश्वास लिएको संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।

हेर्नुस् संयुक्त वक्तव्यको पूर्ण पाठ –

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ४३ बजे

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा