दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा | Khabarhub Khabarhub

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।

विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए । आगो निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

आगलागी भएको भवनको छैटौँ तल्लामा उक्त लाउन्जबार सञ्चालनमा थियो । लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो ।

अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताए। आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो स¬ङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो ।

आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसमेत घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ३५ बजे

यी सात ‘स्विङ स्टेट’: जसमा टिकेको छ ट्रम्प र ह्यारिसको भाग्य

काठमाडौं- अमेरिकी राष्ट्रपति चुनावमा देशका सात स्विङ्ग राज्यले डेमोक्रेटिक र

जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको

काठमाडौं- विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना

मेची–महाकाली राष्ट्रिय यात्रा : पूर्वबाट बागलुङ पुग्दा एक सय ६२ जनाको उद्धार

गलकोट – तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र

ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद

काठमाडौं- गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री दीपक मनाङे (राजीव