राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको प्रसाद ग्रहण गरेकी छिन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका विभिन्न मूर्तिको समेत अवलोकन गरी दर्शन गरेकी थिइन् । विगत वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यसवर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाचसमेत अवलोकन गरिन् ।

राष्ट्रपति समक्ष नवदुर्गा नाचअन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मङ्गलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ४२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी