राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण « Khabarhub

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको प्रसाद ग्रहण गरेकी छिन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका विभिन्न मूर्तिको समेत अवलोकन गरी दर्शन गरेकी थिइन् । विगत वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यसवर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाचसमेत अवलोकन गरिन् ।

राष्ट्रपति समक्ष नवदुर्गा नाचअन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालाले ब्रम्हायणी, मङ्गलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ४२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको