कांग्रेसको चियापानमा जे देखियो (फोटो फिचर) « Khabarhub

कांग्रेसको चियापानमा जे देखियो (फोटो फिचर)


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायतका नेताले स्वागत गरेका थिए । ।

कार्यक्रम दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल,

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेकपा (माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका थिए ।

शीर्ष नेताहरुले दशैँलगायत पर्वहरुको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुका साथै सञ्चारकर्मीको जिज्ञासामा समसामयिक राजनीतिक विषय र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण सफल भएको सम्बन्धमा समेत आफ्ना धारणा व्यक्त गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा शुभकामना दिन विभिन्न दलका शीर्ष नेता, मन्त्रीहरु, सांसद, राष्ट्रसेवक कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, कानून व्यवसायी, मानवाधिकारकर्मी, सञ्चारकर्मी, पार्टीका नेता कार्यकतालगायतको उपस्थिति थियो ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा पार्टीका झण्डा, ब्यानरसहित सजिसजाउ गरिएको थियो । आमन्त्रित अतिथिहरुको लामो लाइन भए पनि शुभकामना आदानप्रदान र चियापानका लागि उचित प्रबन्ध गरिएको थियो । अतिथि एवं नेता कार्यकर्ताको लाइन व्यवस्थापन गर्न प्रवेशका लागि पश्चिम ढोका र बाहिरिनका लागि पूर्वी ढोकाको प्रयोग गरिएको थियो ।

त्यस्तै सञ्चारकर्मीका लागि रिर्पोटिङ गर्न तथा तस्बीर र भिडियो खिच्नका लागि छुट्टै स्टेज र शीर्ष नेतालाई शुभकामना मन्तव्य दिनसमेत छुट्टै माइक स्टेजको व्यवस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रितहरुले यो पटक कांग्रेसले चियापान कार्यक्रम निकै व्यवस्थित गरेको भनी प्रशंसासमेत गरेका थिए ।

चियापान कार्यक्रमकै अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पार्टीका ५० भन्दा बढी नेता कार्यकर्ता एवं सर्वसाधारणले स्वतःस्फूर्त रुपमा रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : ३७ बजे

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

झुटो विवरणबाट नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान