उत्कृष्ट लेखन सीप भएका यी नानीहरु बन्न सक्छन् तपाईंका लागि प्रेरणा « Khabarhub

उत्कृष्ट लेखन सीप भएका यी नानीहरु बन्न सक्छन् तपाईंका लागि प्रेरणा


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सवै अभिभावक चाहान्छन्- आफ्ना बालबच्चाले विद्यालयमा राम्रो पढून्, ज्ञानी बनून् र उन्नति-प्रगति गरुन् । बालबच्चाहरु पनि सकेको मेहनत गर्छन् ।

जति मेहनत गर्छन् सोही अनुसारको फल प्राप्ति गर्छन्- उनीहरु। कोही विद्यार्थी यतिसम्म अब्बल हुन्छन् कि संसारलाई नै चकित तुल्याउँछन् ।

आज हामीले यस्तै केही बालबालिकाहरु जसको लेखन सीप उत्कृष्ट छ, उनीहरुकाे विषयमा जानकारी दिएका छौं ।  जो तपाईका बालबालिकाहरुको लागि पनि प्रेरणाको स्रोत बन्न सक्छन् । उनीहरु संसारमै सबैभन्दा राम्रो अक्षर लेख्न्छन् । कम्युटरमा टाइपिङ गरेकाे भन्दा कम हुँदैन उनीहरुले लेखेका अक्षर । उनीहरु नेपाली होस् या अंग्रेजी दुबै लेख्न निकै सिपालु छन्। उनीहरुले लेखेका अक्षर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छन् ।

केही समय पहिले सैनिक विद्यालयमा अध्यन गर्ने प्रकृति मल्लले लेखेका अक्षरहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए । अहिले सविना मगरकाे चर्चा छ ।

कम्पुटरले प्रिन्ट गरे जस्तो उत्कृस्ट अक्षर लेख्ने क्षमता भएकी सविना कम्प्युटरको जस्तो एकनास र उत्कृस्ट लेखन गर्न सक्ने क्षमता राख्छिन् ।

यी बालिकाको अक्षर देख्दा हर कोहि मोहित हुने गर्छन् । अक्षर पनि यति राम्रा छन् कि हेर्ने जो कोहि पनि यस्तो अक्षर लेख्ने क्षमता आफूमा भै दिए हुन्थ्यो भनेर लोभिन्छन् ।

सविना समता स्कुलमा अध्ययन गरिरहेकी छिन्। शुरु देखिने आफ्नो अक्षर राम्रो नभए पनि पछि आफ्नो अक्षर राम्रो बनाउन निकै मेहेनेत गरेको बताउँछिन् उनी।

सकेको बढी निरन्तर लेखिरहने गरेको कारण र राम्रो बनाउने आफ्नो प्रयासका कारण यस्तो सम्भव भएको उनी बताउँछिन्। आफूले किताबमा भएको अक्षर अनुसार हेरेर जस्ताको तस्तै बनाउने प्रयास गरेर सम्भव भएको सविनाको भनाइ छ ।

हरेक मानिसमा प्रतिभा हुने  र त्यसलाई निखार्नुपर्ने उनी बताउँछिन् । उनी विद्यालयमा पढ्ने साना बालबालिकाहरुका लागि प्रेरणाको स्रोत समेत बनेकी छिन् ।

सैनिक महाविद्यालयमा अध्ययन गर्ने प्रकृति मल्ल पनि सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् । उनी हस्तलेखन (ह्याण्डराइटिङ)का कारण भाइरल बनेकी हुन् । उनको ह्याण्डराइटिङले पनि सबैको मन लोभ्याउने गर्छ ।  लाग्छ उनले लेखेका अक्षरहरु हातले नभई कम्युटरमा टाइप गरेर प्रिन्टआउट गरिएका हुन् ।

उनको ह्याण्डराइटिङ यति सुन्दर छ कि कोही मानिसले देख्नासाथ वाह ! भन्न उत्प्रेरित गराउँछ । उनकाे उत्कृष्ट अक्षर लेखन कलाको कदर गर्दै नेपाली सेनाले समेत पुरस्कृत गरेको थियो ।

यस्तै ‘विश्व ह्याण्डराइटिङ प्रतियोगिता-२०१४’मा दुई नेपाली विद्यार्थी भिन्नाभिन्नै विधामा विश्व च्याम्पियन बनेका थिए ।  न्यूयोर्कमा मुख्यालय रहेको ‘वर्लड ह्याण्डराइटिङ कन्टेष्ट’को आयोजनामा भएको प्रतिस्पर्धामा ‘आर्टिष्टिक ह्याण्डराइटिङ’ विधामा स्वणिर्मा शाक्य र ‘कर्सिप ह्याण्डराइटिङ’ विधामा रक्षा अर्याल विश्व च्याम्पियन बनेका थिए ।

स्वणिर्मा शाक्यले लेखेको ह्याण्डराइटिङ

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ०६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु