कानूनी शासन पूर्ण रुपमा ध्वस्त हुन सक्ने हङकङ प्रहरीको चेतावनी « Khabarhub

कानूनी शासन पूर्ण रुपमा ध्वस्त हुन सक्ने हङकङ प्रहरीको चेतावनी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङमा ५ महिनादेखि जारी प्रदर्शनले कानूनी शासन पूर्ण रुपमा ध्वस्त हुन सक्ने भन्दै प्रहरीले चेतावनी दिएको छ ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रहरीले चेतावनी दिएको हो ।

मङ्गलवार दिउँसो प्रहरी प्रवक्ता कोङ् विङ चुङले विद्रोहीहरूले ‘निर्दोष नागरिकविरूद्ध अन्धाधुन्ध र अविवेकी हिंसा गरेकोले प्रदर्शनकारीमाथि प्रहार गरिएको बताएका छन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘नकाबधारी विद्रोहीहरूले जथाभावी रूपमा आफ्नो हिंसा यसरी बढाइरहेका छन् कि त्यसले हङकङको कानुनी शासनलाई पतनको सङ्घारमा धकेलिदिएको छ।’

प्रहरीले एकजना प्रदर्शनकारीलाई गोली हानेपछि हिंसा बढेको देखिएको छ । त्यसपछि सरकार विरोधी प्रदर्शनकारीले एकजना बेइजिङ समर्थकलाई आगो लगाइदिएको बीबीसीले जनाएको छ ।

मङ्गलवार पनि हङकङका विश्वविद्यालयहरू र मुख्य व्यापारिक केन्द्रमा प्रदर्शनकारीहरूको प्रहरीसँग भिडन्त भयो। चिनियाँ विश्वविद्यालयमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो र खेल मैदानमा अश्रुग्याँस प्रहार गरिएको थियो।

विश्वविद्यालयमा उपकुलपतिले विद्यार्थी र प्रहरी दुवैपक्षसँग वार्ता गरेका थिए। समाचार संस्था एएफपीका अनुसार प्रहरीले आफूहरूलाई हटाउन अश्रुग्याँस प्रहार गरेपछि मुकुन्डो लगाएका सयौँ प्रदर्शनकारीहरूले इँटा र अन्य वस्तुहरू प्रहार गरेको देखिन्थ्यो।

कार्यालयमा काम गर्ने हजारौँ मानिसहरू पनि सडकमा निस्किएका थिए। उनीहरूले ‘शान्तिपूर्ण रूपमा स्वतन्त्रताका लागि लडौँ, हङकङको पक्षमा उभिउँ’ भन्ने नारा लगाए।

विगतमा प्रदर्शनहरू सामान्यत: सप्ताहन्तमा सीमित हुने पाइएकामा अहिले अन्य दिनहरूमा समेत हुन थालेका छन्।

चीनसमक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा जुन महिनाबाट प्रदर्शन सुरु भएको हो। त्यो विधेयक अहिले फिर्ता लिइसकिएको भएपनि विरोधहरू बृहत् प्रदर्शनमा बदलिएको छ।

जसमा अभियानकर्मीहरूले हङकङ प्रहरीलाई उत्तरदायी बनाइनुपर्ने भन्दै थप प्रजातान्त्रिक अधिकारको माग गरिरहेका छन्। हङकङभर दर्जनौँ स्थानीय र अन्तर्राष्ट्रिय विद्यालयहरूले सुरक्षा चिन्ताका कारण भन्दै मङ्गलवार बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका थिए।

अन्य विश्वविद्यालयहरू र व्यापारिक केन्द्रमा प्रदर्शन र केही झडप भएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : ५४ बजे

सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : सांसद डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय आफ्नै

अर्को चुनावमा एमालेले एकल बहुमत ल्याउँछ : उपाध्यक्ष पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह

राष्ट्रपति संस्थालाई विवादमा ल्याउनु हुँदैन : रघुजी पन्त

काठमाडौं — नेकपा एमालेका नेता रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री

आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्छ : सांसद कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक