३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुडिएपछि… « Khabarhub

३३० फीट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुडिएपछि…


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बन्जी जम्प शाहसिक खेल हो । यसमा धेरै साबधानी अपनाइन्छ । जो कोहीले बन्जी गर्ने आँट पनि गर्दैनन् ।

बन्जी जम्म गर्नेहरुका लागि धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहीँ नसोचेको दुर्घटना हुनसक्छ ।

हालै एकजना बन्जी जम्प गर्ने क्रममा डोरी चुँडिएर भुइँमा बजारिएका छन् । घटना पोल्याण्डको हो । पोल्यान्डको गडीनियामा एकजना बन्जी जम्पर ३३० फीट माथिबाट हाम्फाल्ने क्रममा डोरी चुडिँदा भुइँमा बजारिएर करङ भाँचिएको छ ।

स्वास्थ्य ठीक भएपनि तत्काल उनी हिँडडुल गर्न सक्ने अवस्थाम भने रहेन । गडीनिया प्रहरीका क्रिस्टोफ कुस्मीरजिकले घटना पछि घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र कर्मचारीहरूसँग अन्तर्वार्ता लिइएको बताए ।

घटनाको भिडियो हेर्दा उनको टाउको भुइँमा राखिएको एयरब्यागमा बजारिएको देखिन्छ । एयरब्यागमा बजारिएपछि उनी उफ्रिन्छन् अनि रोकिन्छन् । अनेकौं कर्मचारीहरूले उनी ठीक छन् कि छैनन् भनी हेर्न गएको देखिन्छ ।

स्थानीय समाचार वेबसाइट ट्रोमियास्तो डट् पीएलका अनुसार, भुइँमा बजारिए पछि उनी अचेत भए र उनलाई अस्पताल लगियो । भाग्यवश दुर्घटनाबाट उनी बाँचे । उनको करङ टुक्रिएको छैन र अलिकति भाँचिएको अस्पतालले जनाएको छ । उनको अन्य अंगमा पनि केही चोट पुगेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २६ बजे

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न