बाघको आक्रमणबाट २ दिनमा २ जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट २ दिनमा २ जनाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा दुई दिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार पाटेबाघको आक्रमणमा परेर राप्ती सोनारी–८ शिवशक्ति सामुदायिक वनमा घाँस काट्न गएकी राप्ती सोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको मृत्यु भएको हो ।

घाँस काट्न शिवशक्ति सामुदायिक वनको डप्का खोलास्थित जंगलमा गएका बेलामा पाटेबाघले आक्रमण गरी उनको छातीको भाग खाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

दुई दिनअघि मात्र कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । उनलाई गत आइतबार अपराह्न ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ मा दाउरा लिन गएका बेला बाघले आक्रमण गरेको थियो ।

दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा स्थानीयले मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा चार जनाको मृत्यु भइसकेको छ ।

बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २३ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न