चितुवा र कुकुरको प्रेम सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित) « Khabarhub

चितुवा र कुकुरको प्रेम सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुकुर र चितुवा एकै ठाउँमा मिलेर खेल्छन्, सँगै रमाउँछन् भन्दा पत्याउन मुस्किल हुन्छ । चितुवाले कुकरलाई देख्यो भने मार्छ होला । सायद आफ्नो आहारा बनाउँछ, सबैले सोच्ने यही हो । किनकी देखेको तथ्य पनि यही हो ।

चितुवा र कुकुर एकै ठाउँमा खेलिरहेको, रमाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनले उक्त भिडियो सेयर गरेको हो ।

सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनलाई विश्वमा नयाँ नयाँ अदभुत जङ्गली जनावरहरु परिचती गराउने ठाउँको रुपमा चिनिन्छ । सार्वजनिक गरिएको भिडियोमा दुई जनावरहरु फरक प्रजातिको हुँदा पनि एकअर्कासँग खुसी भएको देखिन्छन् ।

चितुवा र कुकुरको त्यो बच्चालाई क्रिस र रिमस नाम दिइएको छ । चिडियाघरको मष्ट फार्म प्रजनन केन्द्रमा क्रिसको जन्म भएको थियो । एक्लो चितुवाको बच्चालाई हेर्किन गाह्रो हुने विचारले चिडियाघरको टिमले क्रिसलाई उद्धार गरिएको रिमससँग राखे ।

अहिले चितुवा र कुकुरलाई सामाजिक सञ्जालमा सबैले मन पराएका छन् । यी दुई जनावरहरु यतिबेला सामाजिक सञ्जालमा मित्रताको ठूलो उदाहरण बनेका छन् ।

हेर्नुहोस् भिडियो

 

View this post on Instagram

 

Purrfect snuggling weather! ❄️??Kris the baby cheetah cozies up to her companion dog Remus!

A post shared by Cincinnati Zoo (@cincinnatizoo) on

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ४६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी