चितुवा र कुकुरको प्रेम सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित) « Khabarhub

चितुवा र कुकुरको प्रेम सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुकुर र चितुवा एकै ठाउँमा मिलेर खेल्छन्, सँगै रमाउँछन् भन्दा पत्याउन मुस्किल हुन्छ । चितुवाले कुकरलाई देख्यो भने मार्छ होला । सायद आफ्नो आहारा बनाउँछ, सबैले सोच्ने यही हो । किनकी देखेको तथ्य पनि यही हो ।

चितुवा र कुकुर एकै ठाउँमा खेलिरहेको, रमाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनले उक्त भिडियो सेयर गरेको हो ।

सिन्सिनाटी चिडियाघर र बोटानिकल गार्डनलाई विश्वमा नयाँ नयाँ अदभुत जङ्गली जनावरहरु परिचती गराउने ठाउँको रुपमा चिनिन्छ । सार्वजनिक गरिएको भिडियोमा दुई जनावरहरु फरक प्रजातिको हुँदा पनि एकअर्कासँग खुसी भएको देखिन्छन् ।

चितुवा र कुकुरको त्यो बच्चालाई क्रिस र रिमस नाम दिइएको छ । चिडियाघरको मष्ट फार्म प्रजनन केन्द्रमा क्रिसको जन्म भएको थियो । एक्लो चितुवाको बच्चालाई हेर्किन गाह्रो हुने विचारले चिडियाघरको टिमले क्रिसलाई उद्धार गरिएको रिमससँग राखे ।

अहिले चितुवा र कुकुरलाई सामाजिक सञ्जालमा सबैले मन पराएका छन् । यी दुई जनावरहरु यतिबेला सामाजिक सञ्जालमा मित्रताको ठूलो उदाहरण बनेका छन् ।

हेर्नुहोस् भिडियो

 

View this post on Instagram

 

Purrfect snuggling weather! ❄️??Kris the baby cheetah cozies up to her companion dog Remus!

A post shared by Cincinnati Zoo (@cincinnatizoo) on

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ४६ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको