बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका « Khabarhub

बंगलादेशी राष्ट्रपति हमिदसँगको शिष्टाचार भेटवार्ताका लागि यस्तो छ कार्यतालिका


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) देखि उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएका हमिदले अपरान्ह साढे ४ बजे राष्ट्रपति भण्डारीलाई भेट्नेछन् ।

अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितका विषयमा छलफल हुने छ । बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

रात्रिभोजअघि बुधबार अपराह्न सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

त्यस्तै बिहान सवा ११ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हमिदसँग शिष्टाचार भेट गर्ने छन् ।

समृद्धमा सहयोग

राष्ट्रपति हमिदसँग मङ्गलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गरे । शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद दिएका थिए ।

भेटका अवसरमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको जानकारी परराष्ट्रमन्त्री ज्ञवालीले दिए ।

मन्त्री ज्ञवालीले राष्ट्रपति हमिदलाई आगामी अप्रिलमा नेपालले सगरमाथा संवाद र जलवायु परिवर्तनको समस्या समाधान गर्न मिलेर सहकार्य गर्नका निम्ति आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १० बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी