दुब्लाउँदै जानु भएको छ ? आन्द्राको क्यान्सर पनि हुन सक्छ | Khabarhub Khabarhub

दुब्लाउँदै जानु भएको छ ? आन्द्राको क्यान्सर पनि हुन सक्छ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालका आन्द्राको क्यान्सर सम्बन्धी रोगका बिरामीको संख्या बढेको छ ।

अस्वस्थकर खानपान, वंशाणुगत गुण, तरकारी तथा खाद्य पदार्थमा अत्याधिक मात्रमा प्रयोग हुने विषादीको प्रयोग र त्यसको उपभाग, अत्याधिक मोटोपना आदी आन्द्राका क्यान्सरका कारक हुन् ।

यी हुन् कारण

उमेर बढ्दै जानु आन्द्राको क्यान्सरको प्रमुख कारण मानिन्छ । सामान्यतया ५० वर्षभन्दा माथिका व्यक्तिमा क्यान्सरको सम्भावना बढी हुने गर्छ । तर, पछिल्लो समय युवा उमेरमै आन्द्राको क्यान्सर देखिन थालेको छ ।

वंशाणुगत गुणबाट पनि आन्द्राको क्यान्सर हुन सक्छ । परिवारका कुनै सदस्यमा आन्द्राको क्यान्सर भएमा सन्तानमा पनि क्यान्सर हुने सम्भावना रहन्छ ।

अस्वस्थ खानपान क्यान्सरको अर्को कारण मानिन्छ । अत्यधिक रातो मासु सेवनले क्यान्सरको जोखिम बढाउँछ ।

त्यस्तै, हिजोआज तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा कीटनाशक औषधि वा केमिकलको प्रयोग हुने गर्छ । जसले गर्दा समेत स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ ।  मोटोपनाले गर्दा पनि आन्द्राको क्यान्सर हुन सक्छ ।

कसरी थाहा पाउने ?

एडिनोमाबाट भएको आन्द्राको समस्या बिस्तारै क्यान्सरमा परिणत हुने गर्छ । समयमै समस्या पत्ता लागेमा यसबाट जोगिन सकिन्छ ।

आन्द्राको क्यान्सर भएमा सामान्य लक्षण मात्रै देखापर्छन् । जसले गर्दा सुरुवातीको चरणमै क्यान्सर भएको थाहा पाउन गाह्रो हुने गर्छ ।

५० वर्ष पार गरेका व्यक्तिमा यस्तो समस्या धेरै देखिने गर्छ । ती व्यक्तिले स्क्रिनिङ गरेर आफ्नो स्वास्थ्य स्थिति ठीक भए/नभएको पत्ता लगाउन सक्छन् ।

कालो दिसा, भोक कम लाग्ने, दुब्लाउँदै जाने, पेट दुख्नेजस्ता समस्या यसका लक्षण हुन् । आन्द्राको माथिल्लो भागमा क्यान्सर भएमा रगतको कमी हुने, आन्द्रा बन्द भएर पेट सुन्निने, कमजोरीपन देखिने समस्या आउँछ ।

कतिपयमा क्यान्सरले गर्दा आन्द्रा फुट्ने हुन्छ ।

क्यान्सरको सुरुको चरणमा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने हुन्छ । क्यान्सर जटिल हुँदै गएपछि आन्द्रा बन्द हुने, पेट सुन्निने, बान्ता हुने, अत्यधिक रक्तश्राव हुने समस्या देखिन्छ ।

रोकथाम र उपचार

मोटोपन भएका व्यक्तिमा क्यान्सरको जोखिम धेरै रहने भएकाले तौल नियन्त्रण आवश्यक छ । त्यस्तै, दैनिक एक्सरसाइज रोकथामको प्रभावकारी उपाय हो ।

स्वस्थ खानपानमा ध्यान दिनुपर्छ । फाइबर, प्रोटिन, काब्रो हाइडेट पर्याप्त मात्रामा पाइने खाना मात्रा मिलाएर खान आवश्यक छ ।

प्रभावित अंग र समस्या कुन चरणमा छ भन्ने आधारमा फरक– फरक ढंगले आन्द्राको क्यान्सरको उपचार हुने गर्छ ।

शल्यक्रियाको माध्यमबाट प्रभावित अंग निकालेर उपचार गरिन्छ । तर, क्यान्सर जटिल चरणमा पुगिसकेको अवस्थामा किमोथेरापीबाट उपचार गरिन्छ ।

ननक्युरेटिभ स्टेजमा पुगिसकेपछि उपचार गर्न सकिँदैन । तर, रेडियोथेरापी, किमोथेरापी र शल्यक्रियाबाट समस्या नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : ३१ बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै