स्मार्टफोनमा १०८ मेगापिक्सेलको क्यामेरा, कस्तो होला तस्बिर ? | Khabarhub Khabarhub

स्मार्टफोनमा १०८ मेगापिक्सेलको क्यामेरा, कस्तो होला तस्बिर ?


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सार्वजनिक गरेको विश्वकै एक्स्ट्रा हाई रिजोलुसन सेन्सरको १ सय ८ मेगापिक्सेलको क्यामराको पछिल्लो समय चर्चा चुलिएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङले डिजाइन गरेको यो क्यामेरा विश्वमै स्मार्टफोनमा प्रयोग गरिएको अहिलेसम्मकै शक्तिशाली क्यामरा हो । शाओमी एमआई सीसी नाइन प्रो नामक उक्त क्यामेराको तस्बिर कस्तो होला भन्ने सबैमा अहिले कौतुलता देखिन्छ ।

वास्तवमै यो क्यामेराको तस्बिर कस्तो होला ?

स्मार्टफोनमा राखिएको अहिलेसम्मकै बढी क्षमताको क्यामेराले खिचेको तस्बिर निक्कै नै प्रस्ट र अति उच्च रिजोलुसनयुक्त हुने कम्पनीको दाबी छ ।

तस्बिरमा कैद भएका हरेक दृश्यका डिटेल्स बजोड हुनेछन् । तथापि हालै यो क्यामेरामा गरिएको परीक्षणबाट केही फरक तथ्या फेला परेको छ । यो क्यामेराबाट खिचिएका तस्बिरमा कम रिजोलुसन क्यामेराको स्मार्टफोनको तुलनामा डिजिटल डिस्टर्सन उच्च पाइएको छ ।

शाओमी एमआई सीसी नाइन प्रो प्रिमियम स्मार्टफोन हाल चिनियाँ बजारमा मात्र सार्वजनिक गरिएको छ । यसको सुरुवाती मूल्य २७ सय ९९ युआन तोकिएको छ ।

शाओमीका अनुसार कम्पनीको एमआइ नोट १० स्मार्टफोनमा पनि यहीँ क्यामरा प्रयोग हुनेछ । नोट १० यसै हप्ता लञ्च गर्ने योजना शाओमीको छ र यसलाई चीन बाहेक अन्तराष्ट्रिष्य बजारमा पनि बिक्रि गरिनेछ। रिसर्च फर्म क्यानालिसका अनुसार ९.१ प्रतिशत बजार हिस्सा सहित शाओमी विश्व स्मार्टफोन बजारमा चौथो स्थानमा रहेको छ ।

शाओमी ब्राण्डका स्मार्टफोनको बिक्रि युरोपेली बजारमा पनि तिव्र रुपमा बढिरहेको छ । भारतमा त शाओमीले सामसुङलाई नै टक्कर दिइरहेको छ । आगामी वर्ष सन् २०२० मा शाओमीले कम्पनीले जापानमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ ।

क्यामराको साइड इफेक्ट –

अहिलेसम्म १ सय मेगापिक्सेल भन्दा माथिका क्यामराहरु मध्यम क्षमताका डिजिटल क्यामरामा प्रयोग हुने गरेको थियो, जसको मूल्य पनि महंगो पर्दछ । तर समयक्रमसँगै उच्च रिजोलुसनयुक्त क्यामरालाई स्मार्टफोनमै राख्न थालिएको छ । तर यसो गर्दा ‘क्रस टक’ हुने सम्भावना बढ्दछ ।

क्रस टक भनेको यस्तो अवस्था हो जहाँ एक पिक्सेलको इलेक्ट्रिक गतिविधिहरु अर्को पिक्सेलसँग टकराउन वा मिल्न जान्छ । यस्तोमा क्यामराबाट कैद भएका तस्वीरमा डिजिटल न्वाइज वा अस्पष्टता आउँदछ ।

स्मार्टफोनमा निकै सानो ठाउँमा यस्तो उच्च क्षमताको क्यामरा राख्नुपर्ने हुँदा त्यसबाट कैद हुने प्रकाशमा पनि असर पर्दछ । जसका कारण खिचिने तस्वीरमा कम प्रकाश हुने समस्या पनि हुन सक्दछ ।

स्मार्टफोनको समीक्षा गर्ने वेबसाइट DXOMark का अनुसार MICC9 प्रो प्रिमियम स्मार्टफोन अन्य ब्राण्डका प्रिमियम स्मार्टफोनहरु भन्दा बढि कलात्मक देखिएको छ । शाओमीले यसअघि एमआई मिक्स अल्फा स्मार्टफोनमा १०८ मेगापिक्सेलको स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको थियो ।

सेप्टेम्बरमा लञ्च भएको उक्त स्मार्टफोनलाई लक्जरी स्मार्टफोनको रुपमा लञ्च गरियो र मूल्य १९ हजार ९९९ युआन तोकियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०