चर्चित अमेरिकन यी र्‍यापर, जसले हरेक वर्ष ‘चेक’ गर्छन् छोरीको कुमारित्व ! « Khabarhub

चर्चित अमेरिकन यी र्‍यापर, जसले हरेक वर्ष ‘चेक’ गर्छन् छोरीको कुमारित्व !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका एक चर्चित र्‍यापर टि.आइ.ले हरेक वर्ष आफ्नी १८ वर्षीया छोरीको कुमारित्व परीक्षण गर्ने बताएपछि हंगामा मच्चिएको छ । अभिनेतासमेत रहेका टि.आइ. ले एक अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले हरेक वर्ष छोरीको जन्मदिनका दिन स्त्री रोग विशेषज्ञकहाँ लगेर कुमारित्व परीक्षण गर्ने विदेशी मिडियाले अन्तर्वार्ता उद्धृत गर्दै लेखेका छन् ।

टि.आइ.ले छोरीलाई साइकल चलाउने, घोडा चढ्ने, कडा व्यायाम गर्ने लगायतका काम गर्न नदिएको पनि खुलाएका छन् ।

उनले अन्तर्वार्ताका क्रममा अहिले छोरीलाई यो सबै असहज लाग्न सक्ने तर भविष्यमा बुबालाई धन्यवाद दिने विश्वास टि.आइको छ । यता सामाजिक सञ्जालमा भने यो छोरीमाथि अन्याय गरेको भन्दै टि.आइ.को विरोध गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ११ : २६ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले