चिलिमे र गुँरासको शेयरमूल्य समायोजन « Khabarhub

चिलिमे र गुँरासको शेयरमूल्य समायोजन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो ।

समायोजनपछि चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७.२४ रुपैयाँ कायम भएको छ ।

दुवै कम्पनीले लाभांश पारित गर्न साधारणसभा समेत बोलाइसकेका छन् भने आज बुधबारदेखि बुक क्लोज गरेका छन् ।

मंसीर ११ गतेका लागि बोलाइएको चिलिमेको साधारणसभा बैठकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ भने गुराँस लघुवित्तले आगामी मंसिर १४ गते हुने साधारण सभाबाट ७.६१ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १२ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको