साढे ३ लाख नगदसहित काठमाडौंबाट १० जना जुवाडे पक्राउ « Khabarhub

साढे ३ लाख नगदसहित काठमाडौंबाट १० जना जुवाडे पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको हलचोकबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३ हलचोकस्थित हरिमाया पुतुवारको घरमा जुवा (कौडा) खेल्दै गरेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्ने जुवाडेहरुमा काठमाडौंको सितापाइला घर भएका ३७ वर्षीय सचित दुलाल, काभ्रेका पाँचखाल घर इ सितापाइला बस्ने ३० वर्षीय बाल कुमार पन्त, नुवाकोटको ककनी घर भइ सितापाइला नै बस्ने ३० वषई दिनेश लामा, काठमाडौं महानगरपालिका–३ घर भएका २८ वर्षीय महेश गोतामे, काठमाडौंको सितापाइल घर भएका ३२ वर्षीय राज कुमार तामाङ, ४३ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौंको फुस्कु घर भएका २४ वर्षी सुशन्त लामा, हलचोक घर भएका ४१ वर्षी सुक्र बहादुर पुतुवार, सितापाइला घर भएका ४५ वर्षी राजु बस्नेत र काभ्रेको पाँचखाल घर भइ काठमाडौंको भगवानपाउ बस्ने ४७ वर्षीय बेद बहादुर पन्त छन् ।

प्रहरीले उनीहरुको साथबाट ३ लाख ६० हजार रुपैयाँ नगदसहित १६ थान कौडा बरामद गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : ३१ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको