दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद « Khabarhub

दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तले ५ वर्ष २ महिना जेल सजाय पाएका छन् ।

काठमाडौं जिल्ला अदालतले सामूहिक बलात्कार काण्डका मूख्य अभियुक्त (पीडित युवतीका प्रेमी) शैलेश कार्कीलाई कैदसँगै पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

सामूहिक बलात्कार प्रकरणमा मुछिएका अन्य २ अभियुक्तको हकमा भने अभियोगको आंशिक मागदाबी पुग्ने अदालतको ठहर छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको कात्तिक २१ गतेको इजलाशले अन्य २ अभियुक्त विकास गौतम र दीपक श्रेष्ठको हकमा जनही १४ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने ३ जना अभियुक्तविरुद्ध नै जवर्जस्ती करणी गरेको अभियोगमा सजाय मागदाबी गरेको थियो ।

७ माघ २०७४ मा दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

घटनामा उनका प्रेमी भनिएका मुख्य अभियुक्त कार्कीसहित विकास गौतम र दीपक श्रेष्ठको संलग्नता रहेको विषय सार्वजनिक भएको थियो ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गले आर्थिक लेनदेनमा घटना मिलाउने प्रयास गर्दा सामूहिक बलात्कार काण्ड सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : २१ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन