सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु « Khabarhub

सिकार खेल्न गएका व्यक्तिको गोलीको छर्रा लागी मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–कटारी नगरपालिका– ११ गोठडाँडा जङगलमा सिकार खेल्ने क्रममा मंगलबार दिउँसो पड्काएको भरूवा बन्दुकको छर्रा लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–११ गोठडाँडाका ४९ वर्षीय शंकर राउत छन् ।

शंकर गोठडाँडाका ४५ वर्षीय अमृत बहादुर राउत र ३८ वर्षीय हरि भन्ने चक्र बहादुर बस्नेतसँग सिकार जंगल गएका थिए ।

सिकार खेल्न गएकामध्ये अमृत बहादुरले भरूवा बन्दुक पडकाउँदा छर्रा लागेर शंकरको मृत्यु भएको हो । सिकार खेल्ने क्रममा संगै रहेका चक्र बहादुर बस्नेतलाई पक्राउ गरी हाल फरार अमृत बहादुरको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : ४५ बजे

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ