बंगलादेशका राष्ट्रपतिले भने– प्रचण्डको व्यक्तित्वबाट प्रभावित छु « Khabarhub

बंगलादेशका राष्ट्रपतिले भने– प्रचण्डको व्यक्तित्वबाट प्रभावित छु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को व्यक्तित्वबाट आफू प्रभावित भएको भन्दै प्रसंशा गरेका छन् ।

राष्ट्रपति हमिदले नेपालीको राजनीतिक परिवर्तनमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गरेका हुन् ।

राष्ट्रपति हमिदले आफू प्रचण्डको ‘क्रान्तिकारी व्यक्तित्व र परिवर्तनकारी नेतृत्व’बाट प्रभावित भएको भन्दै प्रसंशा गरेका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

रिजालका अनुसार राष्ट्रपति हमिदले प्रचण्डलाई बंगलादेश भ्रमणको समेत निमन्त्रण दिएका छन् ।

२ नेताबीचको भेटवार्तामा नेपाल तथा बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र दुईपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ३१ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन