अटो चालक पेस्तोलसहित पक्राउ « Khabarhub

अटो चालक पेस्तोलसहित पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो ।

बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : २९ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६