अटो चालक पेस्तोलसहित पक्राउ « Khabarhub

अटो चालक पेस्तोलसहित पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके–अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो ।

बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : २९ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)