महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार « Khabarhub

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ ।

तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो ।

तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ ।

यस्तोमा तल्लो पेटको दुखाईले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।

लक्षण

कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाई बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ ।

यस्तो दुखाई हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पर्दाथ बग्नेसमेत हुन्छ ।

कारण

महिनावारी भएको बेला योनीबाहिर रगत आउनु पर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ । महिनावारी हुँदा बाहिर बग्नु पर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ । जो पछि टासिएर कसिदै जान्छ । जो लामो समय हलचल नहँुदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ ।

उपचार

तल्लो पेट दुखाईको उपचार गर्नु अघि तल्लो पेट दुखाईको कारण बुझ्नुपर्ने हुन्छ ।

यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्रि बुझेर मात्र उपचार थाल्दछन् । यदि हिस्ट्रिबाट पनि दुखाईको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाच गर्दछन् ।

यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नु पर्ने हुन्छ । त्यसैले तल्लो पेटको दुखाईलाई सामान्य नमानी दुखाई शुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्