महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार | Khabarhub Khabarhub

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ ।

तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो ।

तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ ।

यस्तोमा तल्लो पेटको दुखाईले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।

लक्षण

कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाई बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ ।

यस्तो दुखाई हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पर्दाथ बग्नेसमेत हुन्छ ।

कारण

महिनावारी भएको बेला योनीबाहिर रगत आउनु पर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ । महिनावारी हुँदा बाहिर बग्नु पर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ । जो पछि टासिएर कसिदै जान्छ । जो लामो समय हलचल नहँुदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ ।

उपचार

तल्लो पेट दुखाईको उपचार गर्नु अघि तल्लो पेट दुखाईको कारण बुझ्नुपर्ने हुन्छ ।

यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्रि बुझेर मात्र उपचार थाल्दछन् । यदि हिस्ट्रिबाट पनि दुखाईको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाच गर्दछन् ।

यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नु पर्ने हुन्छ । त्यसैले तल्लो पेटको दुखाईलाई सामान्य नमानी दुखाई शुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ३५ बजे

हुन्डी कारोबार रोक्न हङकङस्थित नेपाली व्यवसायीको माग

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका

एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण 

काठमाडौं– नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

मलङ्गवा – बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो