अनौठो नियम : रातको १० बजेपछि होमवर्क गराउँन नपाइने « Khabarhub

अनौठो नियम : रातको १० बजेपछि होमवर्क गराउँन नपाइने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् ।

अझ साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको बोझ थप्न अभिभावक पनि लागि पर्छन् ।

त्यसैले विद्यालय होस् वा घरमा जतिबेलै पनि पढाई लेखाईमा समय दिने हुदा विद्यार्थीहरु अरु कामका लागि फुर्सदसमेत हुँदैनन् । तर चीनमा भने यो समस्या छैन । चीनमा समयभन्दा बाहिर होमवर्क गर्न पाइँदैन ।

विद्यार्थीमाथि बोझिलो बनेको होमवर्कबाट क्रुद्ध भएर चीनमा एउटा अनौठो कानून बनाइएको छ ।

चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त कानुन अनुसार कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई राति १० बजेपछि होमवर्क गराउँन पाइदैन ।

उनीहरुलाई अनिवार्य सुत्न दिनुपर्ने हुन्छ । होमवर्कका लागि १० बजेपछि पछि छोराछोरीलाई अनिदो राख्न नपाइने भएपछि अभिभावकहरु १० बजे अगावै आफ्ना सन्तानलाई सुत्न दिने गरेका छन् ।

नियममा बच्चाका लागि होमवर्कभन्दा पर्याप्त निद्रा महत्वपूर्ण हने भन्दै रातमा १० बजे अगावै सुताउनु पर्ने नियम छ ।

यतिमात्रै होइन, शनिबार र आइतबार विद्यार्थीले मज्जाले खेल्न तथा रमाइलो गर्न पाउनुपर्ने, विदाका दिन पढ्न पठाउन वा घरमै पढाउने मान्छे बोलाउन समेत पाइने छैन । तर अभिभावकहरुले यस नियमको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ४८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ