अमेरिका विरोधी बोलिभियाका ‘भगौडा’ राष्ट्रपतिको भुइँमै बास ! « Khabarhub

अमेरिका विरोधी बोलिभियाका ‘भगौडा’ राष्ट्रपतिको भुइँमै बास !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका विरोधी बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसको भुइँमै बास भएको छ । राष्ट्रपतिबाट राजिनामा दिएपछि मेक्सिकोमा शरण लिन पुगेका उनको एउटा सामान्य कोठामा बास भएको हो ।

मेक्सिकोमा शरण लिन पुगेका उनी कुनै आलिसान महलमा छैनन् । सामान्य कोठाको भुईँमा तन्ना राखेर पल्टिएका छन् । झुल हालेका छन् । पल्टिएर मोबाइल चलाइरहेको तस्वीर समेत उनले सार्वजनिक गरेका छन् ।

उनले ट्वीटमा आफू बसेको तस्बिर राख्दै मेक्सिकोमा शरण लिएको पहिलो रात भनेका छन् ।

उनलाई मेक्सिको ल्याइएपछि त्यहाँको वामपन्थी सरकारले मोरालेसको स्वागत गरेको थियो । विशेष जेटबाट ल्याइएका आदिवासी नेता मोरालेसले प्रहरीको बलमा ‘कू’ गरी राष्ट्रपतिबाट राजीनामा दिन वाध्य गराइएको लेखेका छन् । उनले आफूले राजनीतिका संघर्षका दिनलाई पुनः स्मरण गरेको उल्लेख गरेका छन् ।

उनलाई लिन मेक्सिकोको जेट विमान बोलिभिया पुगेको थियो । उनलाई बोलिभियामा लिन जाँदा समेत रोचक घटना घट्यो । उनलाई लिन गएको विमानले लामो प्रक्रिया लगाएको थियो ।

मोरालेसलाई लिन गएको विमान तेल भर्नका लागि शुरुमा पेरु पुग्यो । पेरुमा विमानलाई अवतरण अनुमति दिए पनि त्यहाँबाट तत्काल उडानको अनुमति नपाउँदा तनाव सिर्जना भएको थियो । विमान लामो समय कुरेपछि मात्र बोलिभिया पुगेको थियो ।

बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका मोरालेसलाई मेक्सिकोको विदेश मन्त्रालयले राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको दिएको थियो ।

उनलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइएको विदेशमन्त्री एब्राडले बताएका छन् ।

मोरालेसको कार्यकाल सन् २०२० को जनवरीमा सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उनले राजिनामा दिएका थिए । यसलाई मेक्सिकोले ‘कु’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ४८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल