वार्षिक ४ अर्ब खर्च गरेपनि रोकिएन बाल मृत्युदर– १७ लाख बिरामी, १२ सय बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

वार्षिक ४ अर्ब खर्च गरेपनि रोकिएन बाल मृत्युदर– १७ लाख बिरामी, १२ सय बालबालिकाको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ५ वर्षभन्दा मुनिका बालबालिकाको विभिन्न रोगका कारण हुने मृत्युदर घटाउन योजनाहरु बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले केन्द्रले प्रदेश र स्थानीय तहमा बालबालिकाको मृत्युदर घटाउन खोप तथा पोषण कार्यक्रम सञ्चालन गरेको छ ।

शाखाले ती कार्यक्रममा वार्षिक ४ अर्ब बजेट खर्च गर्छ । बालबालिकाको स्वास्थ्यका लागि वार्षिक ४ अर्व खर्च भएपनि बालबालिकाहरुको मृत्युदर भने रोकिएको छैन ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक गौतमका अनुसार नेपालमा ५ वर्ष मुनिका ३० लाख बालबालिका छन् । ती मध्ये गतवर्षमा १७ लाख बालबालिकालाई श्वासप्रश्वास सम्बन्धि रोगहरु लागेको पाइएको छ ।

५ वर्षमुनिका विभिन्न रोग लागेका बालबालिकाहरुमा निमोनियाको समस्या हुने बालबालिका मात्रै डेढ लाख थिए ।

यसरी एकवर्षमा विभिन्न रोग लागेका १७ लाख बालबालिकामध्ये १२ सय बालबालिकाको मृत्यु भएको छ । वार्षिक मृत्यु हुने १२ सय बालबालिका मध्ये निमोनियका कारण मृत्यु हुने बालबालिका ३ सय रहेका छन् ।

शाखाको तथ्यांकका अनुसार नेपालमा ५ वर्ष मुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो ।

जन्मेदेखि ५ वर्ष नपुग्दै मृत्यु भएका बालबालिका मध्ये १३ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाका कारण हुने गरेको तथ्यांक छ ।
यस्तै ९ प्रतिशतको मृत्युको कारण झाडापखाला, ८ प्रतिशतको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ भने, ६ प्रतिशतको इन्जुरीका कारण मृत्यु हुन्छ ।

शाखाका प्रमुख डा गौतमका अनुसार शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान नगराउने, बालबालिकालाई पूर्ण खोप नलाउने, वातावरण प्रदूषण, सरसफाइमा ध्यान नदिने, कारणले बालबालिकाहरुमा निमोनियाको समस्या देखिने गरेको छ ।

२१ प्रतिशत बालबालिका खोपबाटै बञ्चित

बालबालिकालाई निमोनियाबाट बचाउँन जन्मेदेखि ५ वर्षमुनिको पिसिभि खोप दिनुपर्ने हुन्छ । उक्त खोप शिशु जन्मेको ६ हप्तामा पहिलो पटक, १० हप्तामा दोस्रो पटक १४ हप्तामा तेस्रो पटक र ९ महिनामा तेस्रो पटक लगाउनुपर्छ ।

अन्य रोग र संक्रमणका कारण पनि निमोनिया हुने जोखिम हुने भएकाले जवजात शिशु तथा ५ वर्ष मुनिका बालबालिकालाई ११ वटा खोपहरु लगाउनुपर्छ ।

सरकारले बाल मृत्युदर घटाउन प्रिभेन्सनका कार्यक्रम अन्तर्गत खोप तथा पोषण कार्यक्रमलाई प्राथमिकता दिएको छ । सरकारले कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित नहुन् भनेर राष्ट्रिय रुपमा नै अभियान समेत सञ्चालन गर्छ । तर ती कार्यक्रमहरु सञ्चालन भइरहेपनि अझैपनि २१ प्रतिशत बालबालिका सबै प्रकारको खोप पाउनबाट बञ्चित रहेको सरकारी तथ्यांक छ ।

सरकारले निमोनिया भएका बालबालिकाको खोप, पोषण र औषधि उपचारमा सहयोग गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमूख डा गौतमको दावी छ । तर निमोनिया भएर अस्पताल पुगेका बालबालिका र तीनका अभिभावकले भने त्यो सहुलियतको आभाष गर्न सकेका छैनन् ।

त्रिवि शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा अरुण शर्माका अनुसार निमोनियाका समस्या लिएर अस्पताल आउने बालबालिकाको औषधि उपचार खर्च १३ हजार देखि २० हजारसम्म पर्ने गरेको छ ।

निमोनियाको समस्या भएर आफ्ना बालबालिका अस्पताल ल्याएका अभिभावकहरुमा पनि १० जनामध्ये ४ जनामा उक्त औषधिखर्च तिर्न नसक्ने अवस्थाका हुन्छन् ।

‘निमोनियाका समस्या भएका बालबालिकाको एभरेजमा भन्नुपर्दा ३ दिनदेखि ५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ,’ डा शर्माले भने, ‘हामीकहाँ आउने निमोनियाका बिरामी बालबालिकाको औषधि उपचार खर्च एभरेजमा कम्तिमा १३ हजार र बढीमा २० हजारसम्म हुन्छ । ती मध्ये कतिले सो उपचारखर्च समेत तिर्न नसक्ने अवस्थाका हुन्छन् ।’

सरकारले निमोनिया भएका बालबालिकाको खोप तथा औषधि उपचार खर्च निशुल्क भनेपनि टिचिङ अस्पतालमा भने सरकारले निर्धारण गरेको अति विपन्न बालबालिकाको १० प्रतिशत छुट बाहेक अन्य शुल्क भने तिर्नुपर्ने हुन्छ ।

डा शर्माका अनुसार एकपटक उपचार गराएपश्चात पनि कतिपय बालबालिकामा फेरि निमोनिया बल्झिने समस्या हुन्छ ।

के हो निमोनिया ?

निमोनिया फोक्सोमा हुने रोग हो । जसमा फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ ।

संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ । बालबालिका रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा निमोनियाको असर अझ गम्भीर रुपमा देखिन सक्छ ।

बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ । खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ ।

निमोनिया हुँदा देखिने लक्षण

निमोनियाँ हुँदा ज्वरो आउने, श्वासप्रश्वास दर बढ्ने, खोकी लाग्ने, छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने, श्वास फेर्न कठिन हुने, स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने, खानेकुरा नखाने लगायतका लक्षण देखिन्छन् ।

निमोनियाबाट कसरी जोगाउने बालबालिका

बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ ।

पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ । बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ ।

धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ ।

बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ ।
बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ ।

सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : २७ बजे

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको

असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने

धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल

काठमाडौं – असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !

काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा

लाओसविरुद्ध नेपाल ५–० ले अगाडि

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–०